गण्डकी प्रदेश सरकार

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास श्रोत केन्द्र

वालिङ, स्याङजा

परिचय

वि.सं  2060/08/04 गते कृषि तथा सहकारी मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत भए अनुसार कृषि विभागको पुनर्गठन भएसँगै व्यावसायिक कीट विकास निर्देशनालय अन्तर्गत रेशम खेती विकास कार्यक्रम, स्याङ्गजाको स्थापना भयो।

स्थापना कालदेखि यस कार्यालयले रेशम खेती प्रवर्धन सम्बन्धि कार्यक्रमहरु सक्रिय रुपमा संचालन गर्दै आएको छ। वि.सं 2075 सालमा देश संघीय लोकतान्त्रिक संरचनामा गएसँगै रेशम खेती विकास कार्यक्रम पनि गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको मातहतको कार्यालयको रुपमा कार्यरत रहँदै आएको छ।आ.व. 2076/077 देखि यस कार्यालयले रेशम सँगसँगै मौरी तथा च्याउ सम्बन्धि कार्यक्रमहरु पनि संचालनमा ल्याएको छ। गण्डकी प्रदेशमा प्रदेशस्तरीय कृषि विकास फार्म/केन्द्रको आवश्यकता महसुश गरी वि.सं 2077 सालमा रेशम विकास कार्यक्रम, स्याङ्गजाको नाम परिवर्तन गरी कृषि विकास श्रोत केन्द्रको स्थापना भयो।

 

१ . कार्यालयको विवरण

क.     कार्यालय रहेको स्थान:

ख.     स्थापना वर्ष: २०४१

ग.      कुल क्षेत्रफल: ४१ रोपनि

घ.      किम्वु बगैचाले ढाकेको क्षेत्रफल: २५ रोपनि

ङ.     किम्वु माउ बोट: ७०००

च.      किरापालन घर सख्या र किसिम: ३ ( पक्की)

छ.     कार्यालय क्वाटर तथा अन्य धरहरु:

कार्यालय: १

पालेधर: १

क्ववाटर: २

कोकुन ड्रयार धर: १

ज.  भौतिक साधान विवरण

मोटर साईकल -४, स्कुटर -१

कम्पुटर / पिन्ट्रर -५

फ्याक्स -१

टेलीभिजन डेक -१

फिज्र -१

 

२ . कार्यालयको हाल जिम्मेवारी

-      ग्रेनेज माग अनुसार बीज कोया आपूर्ति

-      प्रविधि प्रमाणीकरण

-      तालिम संचालन

-      चौकी कीरापालन  तथा वितवरण

-      रेशम खेती पकेट क्षेत्र विकास

-      रेशम बजार सेवा / समन्वय

-      फार्मको कमाण्ड तथा पकेट क्षेत्रमा प्राविधिक सेवा

-      च्याउ खेती विस्तार कार्यक्रम संचालन

-      मौरी पालन विस्तार कार्यक्रम संचालन

 

३. कमाण्ड जिल्लाहरु

मुख्य: स्याङजा ,पर्वत ,नवलपुर साथै प्रदेसका ११ जिल्लाहरु

 

उदेश्य

  • हालको रेशम विकास कार्यक्रमबालिङ स्याङजाको नाम परिवर्तन गरि कृषि विकास श्रोत केन्द्र बालिङ स्याङजा रहेको छ । यस कार्यालयकव नयाँ कार्यविवरण निम्‍नानुसार रहेको छ ।
  • प्रदेशका मुख्य मुख्य तरकारी बालीहरुका स्रोत बीउको उत्पादन प्रसोधन तथा बजारीकण सम्वन्धि कार्यहरु संचालन गर्ने ।
  • तरकारी बालीको श्रोत बीउ तथा उन्‍नत बीउको माग तथा आपूर्ति बासलात तयार गर्ने ।
  • कृषि अनुसन्धान केन्द्रहरुको समन्वयमा तरकारी तथा खाघान्‍न बालीको  जातिय तथा प्रविधि परिक्षण गर्ने ।
  • बीउ विजन प्रयोगशालाहरुको समन्वयमा तरकारी र खाघान्‍न बालीको उन्‍नत तथा स्रोत बीउको लेभलिङ तथा प्रमाणीकरण सम्वन्धि कार्य गर्ने
  • प्रदेशको आवश्यकता र सम्भावना अनुसार खाघान्‍न बालीको स्रोत बीउको उत्पादन प्रसोघन तथा बजारीकरण सम्वन्धी कार्यहरु संचालन गर्ने ।
  • रेशम खेती विकास सम्वन्धी कार्यहरु संचालन गर्ने ।
  • कृषि ज्ञान केन्द्रको समन्वयमा तरकारी खेति प्रविधि प्रसार सम्वन्धी कार्यहरु संचालन गर्ने ।
  • कार्यालयलाई सिकाई स्थलको रुपमा विकास गर्न फार्म फिल्ड अध्ययन अनुसन्धान सम्वन्धी कार्य गर्ने ।